Hebrews 9:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसमा धूप बाल्‍ने सुनको वेदी राखिएको थियो। सुनले नै मोहोरेको करारको सन्‍दुक पनि थियो। त्‍यस सन्‍दुकमा सुनको भाँडामा मन्‍न राखिएको थियो। कोपिला लागेको हारूनको एउटा लौरो र परमेश्‍वरका करारका आज्ञाहरू लेखिएका दुई ओटा ढुङ्गाका पाटीहरू पनि यसैमा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसमा सुनको धुपौरो र सुनले मोहोरिएको करारको सन्‍दूक थियो। सन्‍दूकभित्र मन्‍न राखेको सुनको भाँड़ो, कोपिला लागेको हारूनको लहुरो र करारका शिला-पाटीहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसमा सुनको धुपौरो र सुनले मोहोरिएको करारको सन्दुक थियो। यस सन्दुकमा मन्‍न राखिएको सुनको भाँडो, कोपिला लागेको हारूनको लहुरो र करारका शिलापाटीहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यस ठाउँमा सुनको सामदान र सुनको मोहोरिएको करारको सन्दूक थियो। सन्दूकभित्र मन्न राखेको सुनको भाँडो, कोपिला लागेको हारूनको लौरो र करारका शिला-पाटीहरू थिए। जसमा पुरानो करारको दश आज्ञा कुँदिएका थिए।
Nepali Tamang 2011
थे कोठा न्‍हङरी म्‍हरला धूप म्राबा ग्‍लादेन ङाच्‍छाला कबुल थान्‍बा म्‍हरसे मोरब लबा चोखो सन्‍दोस मुबा। थे सन्‍दोस न्‍हङरी म्‍हरला ताङरी मन्‍नदेन म्‍हेन्‍दो सार्बा हारूनना कडी ओच्‍छे परमेश्‍वरसे ह्राङला म्‍हिगदेदेन छ्‌याम लबा कबुल भ्रिसी थान्‍बा युङबाला पाटीगदे मुबा।