Hebrews 9:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वर नै त्यहाँ हुनुहुन्छ भनेर देखाउन त्यस सन्दुकमाथि चहकिला स्वर्गदूतहरूका पखेटाहरू पाप क्षमा गर्ने ठाउँमाथि फैलिएका थिए। तर अहिलेचाहिँ ती सबै कुरा एक-एक गरेर बताउन सकिंदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सन्दूकमाथि कृपा-आसनमा छाया पारिराख्ने ईश्वरीय महिमाका करूबहरू थिए। तर यी कुराका विषयमा अहिले हामी बिस्तारपूर्वक भन्न सक्दैनौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सन्दुकमाथि पाप क्षमाको ठाउँको ढकनीमा छाया पारिरहेका महिमाका करूबहरू थिए, तर हामी यी कुराहरू अहिले विस्तारपूर्वक व्याख्या गर्न सक्दैनौँ।
Nepali ERV (पवित्र बाइबल)
बाकसको मास्तिर करूणाको आसनमाथि परमेश्वरको महिमा दर्शाउन एक जोडी स्वर्गदूतहरू थिए। तर अहिले हामी यी कुराहरूको विस्तारपूर्वक चर्चा गर्न सक्दैनौं।
Nepali Tamang 2011
परमेश्वरला य्हालदेन शक्ति थेरी मुला भिसी उन्बाला लागिरी थे सन्दोसथोरी पाप माफ लबा ग्लारी भ्याप मुबा करूब भिबा स्वर्गदूत न्ही मुबा। थे ग्लादा थेन्नीला भ्याप्से घप्सी थान्बा मुबा। तर दान्देन ङन्से चु ताम मेलोसेन पाङ्बारी आखम।