Hebrews 9:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भित्रपट्टिको महापवित्र स्थानमा चाहिँ प्रधान पूजाहारी मात्र जान पाउँछन्, त्‍यो पनि वर्षमा एक पटक मात्र। उनले रगत नलिईकन त्‍यो महापवित्र स्थानमा पस्‍न पाउँदैनन्। उनले त्‍यो रगत आफूले गरेको पापको लागि र मानिसहरूले नजानी गरेका पापको लागि चढाउने गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर भित्रपट्टिको कोठामा भने प्रधान पूजाहारी मात्रै एकलै वर्षमा एक चोटि जान्‍छन्, सो पनि रगत नलगी होइन। त्‍यो रगत उनले आफ्‍नो निम्‍ति र मानिसहरूका पापको निम्‍ति चढ़ाउँछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर दोस्रो भागमा चाहिँ प्रधान पुजारी मात्र वर्षमा एक पल्ट प्रवेश गर्दथे, रगतविना कहिल्यै पनि होइन, जुन रगतचाहिँ तिनले आफ्नै लागि र मानिसहरूले अज्ञानतामा गरेका पापहरूको निम्ति चढाउनलाई जान्थे।
Nepali ERV (पवित्र बाइबल)
तर भित्रपट्टिको दोस्रो कक्षमा प्रधान पूजाहारी मात्र पस्न पाउँथे, त्यो पनि र्वषमा एकपल्ट, अनि त्यसबेला पनि आफूसित रगत नलिई उनी पस्नु सक्दैन थिए। उनले त्यो रगत परमेश्वरलाई उनको आफ्नै र अरू मानिसहरूका अन्जानमा भएका पापहरूको लागि चढाउँथे,
Nepali Tamang 2011
तर जम्‍मान भन्‍दा चोखो ग्‍लारी चा तिदिङरी तिरेम परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हि गिक बाहेक स्‍य्‍हान्‍दो खालै आनिमुबा। थेएनोन थेरी जन्‍तुला का आभोर्दे निआखम्‍मुबा। थे का थेसे ह्राङला पापदेन स्‍य्‍हान्‍दो म्‍हिगदेला पापला लागिरी फुल्‍मुबा।