Hosea 1:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब परमप्रभु होशेद्वारा पहिलो पटक इस्राएलसित बोल्‍नुभयो, तब उहाँले होशेलाई यसो भन्‍नुभयो, “गएर एउटी व्‍यभिचारिणी स्‍त्रीसित बिहे गर्‌ र तेरा छोरा-छोरीहरू आमा जस्‍तै हुनेछन्। यसरी नै मेरा प्रजाले मलाई त्‍यागेर विश्‍वासघाती भएका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब परमप्रभु होशेद्वारा बोल्‍न लाग्‍नुभयो, तब परमप्रभुले तिनलाई भन्‍नुभयो, “जा, गएर एउटी व्‍यभिचारिणीलाई विवाह गर्, र त्‍यसको विश्‍वासघातबाट पैदा भएका सन्‍तानलाई आफ्‍ना बना, किनभने यस देशले परमप्रभुलाई त्‍यागेर अति घोर व्‍यभिचारको दोषी भएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब याहवेह होशेद्वारा पहिलो पटक बोल्न सुरु गर्नुभयो, तब याहवेहले तिनलाई भन्‍नुभयो, “जा, गएर एउटी वेश्यालाई विवाह गर्, र त्यसबाट सन्तान जन्मा; किनकि एक व्यभिचारिणी पत्नीजस्तै यस देशले याहवेहलाई त्यागेर विश्‍वासघात गरेर व्यभिचारको दोषी भएको छ।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुबाट होशेलाई नै यो पहिलो वचन थियो। परमप्रभुले भन्नुभयो, “जाऊ, गएर एउटी वेश्यालाई पत्नी बनाऊ र त्यसको वेश्यावृतिबाट जन्मिएको सन्तानलाई आफ्नो बनाऊ किन? किनभने यस देशका मानिसहरूले वेश्याहरू जस्तै काम गर्छन्। तिनीहरू परमप्रभुदेखि अविश्वासी भइरहेका छन्।”