Hosea 1:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि परमप्रभुले होशेलाई भन्‍नुभयो, “त्‍यसको नाम ‘यिजरेल’ राख्‍नू किनभने अब म चाँडै इस्राएलका राजालाई त्‍यसका पुर्खा येहूले यिजरेलमा गरेको हत्‍याको निम्‍ति दण्‍ड दिनेछु। म येहूको वंशको अन्‍त गर्नेछु
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुले होशेलाई भन्‍नुभयो, “त्‍यसको नाउँ यिजरेल राख्, किनभने चाँड़ै म येहूको घरानालाई यिजरेलमा भएको रक्तपातबापत दण्‍ड दिनेछु, र इस्राएलको राज्‍य अन्‍त्‍य गरिदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि याहवेहले होशेलाई भन्‍नुभयो, “त्यसको नाम यिजरेल राख्; किनकि यिजरेलमा भएको नरसंहारको निम्ति म येहूको घरानालाई चाँडै दण्ड दिनेछु, र म इस्राएलको राज्यको अन्त्य गरिदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले होशेलाई भन्नुभयो, “उसको नाउँ यिज्रेल राख। किन? किनभने म चाँडै नै यिज्रेल गल्छिमा भएको हत्याको निम्ति येहूको परिवारलाई सजाय दिनेछु र इस्राएलको परिवारको राज्य अन्त गरिदिनेछु।