Hosea 1:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गोमेर दोस्रोपल्ट गर्भवती भई र एउटी छोरी जन्माई। परमप्रभुले होशेलाई भन्नुभयो, “त्यसको नाम ‘लो-रूहामा’ (माया नगरिएकी) राख् किनभने अबदेखि उसो म इस्राएलका मानिसहरूलाई न माया देखाउँछु न त क्षमा नै गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गोमेरले फेरि गर्भवती भएर एउटी छोरी जन्माई। तब परमप्रभुले होशेलाई भन्नुभयो, “त्यसको नाउँ लो-रूहामा राख्, किनकि इस्राएलको घरानालाई टिठ्याएर म तिनीहरूलाई फेरि-फेरि क्षमा गर्नेछैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गोमेर फेरि गर्भवती भई, र एउटी छोरी जन्माई। तब याहवेहले होशेलाई भन्नुभयो, “त्यसलाई लो-रूहामा नाम राख्; किनकि तिनीहरूलाई क्षमा गरेर म फेरि इस्राएललाई दया देखाउनेछैनँ।
Nepali ERV (पवित्र बाइबल)
तब फेरि गोमेर गर्भवती भई र एउटी छोरी जन्माई। परमप्रभुले होशेलाई भन्नुभयो, “छोरीको नाउँ लो-रूहाम” राख्नु। किन? किनभने म अब इस्राएलको जाति प्रति दया देखाउने छैन। न त म तिनीहरूलाई क्षमा नै प्रदान गर्नेछु।