Hosea 1:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यहूदाका मानिसहरूलाई म टिठ्याउनेछु। म तिनीहरूलाई बचाउनेछु। तरवार, धनु, काँड, घोडा र घोडचढी वा लडाइँले होइन तर म परमप्रभु तिनीहरूका परमेश्‍वर आफैंले बचाउनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर म यहूदाको घरानालाई टिठ्याउनेछु। धनु, तरवार, लड़ाइँ, घोड़ा र घोड़चढ़ीहरूद्वारा म तिनीहरूलाई उद्धार गर्नेछैनँ, तर परमप्रभु तिनीहरूका परमेश्‍वरद्वारा नै म तिनीहरूको उद्धार गर्नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यहूदालाई भने म प्रेम देखाउँनेछु; अनि म तिनीहरूलाई धनु, तरवार अथवा लडाइँ, घोडाहरू र घोडसवारहरूद्वारा होइन, तर याहवेह तिनीहरूका परमेश्‍वरद्वारा बचाउनेछु।”
Nepali ERV (पवित्र बाइबल)
बरू, म यहूदाको सन्तानलाई दया देखाउँनेछु। यहूदाको सन्तानलाई रक्षा गर्नेछु। तिनीहरूको रक्षा गर्न म न धनु-काँडहरू न तरवारहरू, न घोडाहरू न घोडामा चढने सैनिकहरूकै उपयोग गर्नेछु। म तिनीहरूलाई आफ्नो शक्तिले बचाउँनेछु।