Hosea 10:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका मानिसहरू फलैफलले लटरम्‍मै भएको दाखको एउटा बोटझैँ थिए। तिनीहरू जति फलवान् भए, उति वेदी तिनीहरूले बनाउँदै गए। जमिनले जति अन्‍न उब्‍जाउँथ्‍यो, उति तिनीहरूले आफूले पुज्‍ने ढुङ्गाका खामाहरू सिंगार्दै गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएल फिँजिरहेको दाखको बोट थियो, त्‍यसले त आफ्‍नै लागि फल फलायो। फलहरूको संख्‍या बढ्‌दैगएअनुसार त्‍यसले आफ्‍ना वेदीहरूको संख्‍या बढ़ायो। आफ्‍नो देशको उन्‍नतिअनुसार त्‍यसले आफ्‍ना चोखा ढुङ्गाहरू सिँगार्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएल एउटा लहलहाउँदो दाखको बोट थियो; त्यसले आफ्नै निम्ति प्रशस्त फल फलायो। जब त्यसको प्रशस्त फलहरू बढ्दैगयो, तब त्यसले धेरै वेदीहरू बनायो; जब त्यसको देशको समृद्धि भयो, तब त्यसले आफ्नो पवित्र ढुङ्गाहरूलाई सिँगार्‍यो।
Nepali ERV (पवित्र बाइबल)
इस्राएल त्यो दाख जस्तै छ जसले प्रशस्त मात्रमा फल दिन्छ। तर इस्राएलले झूटा देवत्हरूको निम्ति विभिन्न प्रकारको वेदीहरू बनाइरह्यो। भूमि जति राम्रो बनियो त्यति नै तिनीहरूले अपवित्र आफ्ना झूटो देवताहरूका निम्ति पत्थरहरू लगाए।