Hosea 10:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“एक समय इस्राएल राम्ररी सधिएकी अन्‍न दाइँ गर्न तयार र राजी रहने कोरलीजस्‍तै थियो। तर त्‍यसका सुन्‍दर काँधमा जुवा लाएर अझ भारी काममा त्‍यसलाई जोत्‍ने मैले निश्‍चय गरें। मैले यहूदालाई हलो र इस्राएललाई दाँदे तान्‍न लाएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एफ्राइमचाहिँ दाइँ गर्दा रमाउने सधाइएकी कोरली हो। यसकारण त्‍यसको सुन्‍दर काँधमा म जुवा हालिदिनेछु। म एफ्राइमलाई हाँक्‍नेछु। यहूदाले हलो जोत्‍नुपर्नेछ, र याकूबले डल्‍लाहरू फोर्नुपर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एफ्राइम दाइँ गर्न रुचाउने तालिमद्वारा सधाइएकी कोरली हो; यसकारण म त्यसको सुन्दर काँधमाथि गह्रौँ जुवा हालिदिनेछु। म एफ्राइमलाई धपाउनेछु, यहूदाले चाहिँ जोत्नुपर्छ र याकोबले जमिन फुटाउनुपर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
एप्रैम एउटा तालिम पाएको बाछा जस्तै थियो जो खलाको अन्नमाथि हिँड्न मन पराउँछ। म त्यसको काँधमा राम्रो जुवा राख्नेछु। म एप्रैमलाई डोरीले बाँध्नेछु अनि यहूदाले हलो जोत्नेछ। याकूबले स्वंय डल्लाहरू फोर्नेछ।