Hosea 10:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले भनें, ‘आफ्‍नो निम्‍ति नयाँ जमिन जोत, धार्मिकताको बिउ रोप र निरन्‍तर रहने प्रेमको फल बटुल। अब तिमीहरूको आफ्‍ना परमप्रभुतिर फर्कने समय आयो। अनि म आएर तिमीहरूमाथि आशिष् खन्‍याउनेछु।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍ना निम्‍ति धार्मिकताका बीउ रोप, र अचूक प्रेमको कटनी गर। तिमीहरूको बाँझो बारी जोत। किनकि परमप्रभुलाई खोज्‍ने समय अहिले हो, जबसम्‍म उहाँ आएर तिमीहरूमाथि धार्मिकताको वृष्‍टि खन्‍याउनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्नो निम्ति धार्मिकताको बिउ छर! अचुक प्रेमको फसलको कटनी गर! र तिमीहरूका नजोतिएका जमिनलाई जोत; किनकि याहवेहलाई खोज्ने समय अहिले नै हो; अनि उहाँ आउनुहुन्छ र तिमीहरूमाथि धार्मिकता बर्साउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
धर्म रोप तब तिमीले स्थिर मायाको बाली उठाउनेछौ। खेत आफैले जोत। यो परमप्रभुलाई खोज्ने समय हो। उहाँ आउनु हुनेछ अनि तिमीमाथि धर्म बर्साउनु हुनेछ।