Hosea 10:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरूले त्यसका सट्टामा दुष्टता र अन्याय रोप्यौ र त्यसैका फल बटुल्यौ। आफ्नो झूटको फल तिमीहरू आफैंले खाइसकेका छौ। “तिमीहरूले आफ्ना रथहरू र ठूलो सैन्यदलमा भरोसा राखेका हुनाले
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर तिमीहरूले त अधर्म रोपेका छौ। तिमीहरूले दुष्टताको कटनी गरेका छौ। तिमीहरूले छलको फल खाएका छौ। तिमीहरूले आफ्नै शक्तिमाथि भर परेका र आफ्नै योद्धाहरूमा भर परेका हुनाले,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीहरूले दुष्टता रोपेका छौ, र तिमीहरूले पापको कटनी गरेका छौ; तिमीहरूले छलको फल खाएका छौ। अनि तिमीहरूले आफ्नै सामर्थ्य र आफ्ना योद्धाहरूको संख्यामा भरोसा राखेको कारण
Nepali ERV (पवित्र बाइबल)
तर तिमीहरूले दुष्टताको बीऊ रोपेकाछौ अनि तिमीहरूले अन्यायको बाली उठाएकाछौ। तिमीहरूले झूटो फल खाएकाछौ किनभने तिमीहरूले आफ्नै योजना र आफ्नो विशाल संख्याका योद्धाहरूमाथि भरोसा राख्यौ।