Hosea 10:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लडाइँ तिमीहरूका मानिसमाथि आउनेछ र तिम्रा सबै किल्लाहरू ध्वस्त हुनेछन्। शल्मन राजाले बेथ-आर्बेल सहरलाई लडाइँमा नाश पारी आमा र बच्चाहरूलाई कुच्च्याएर मारेको दिनजस्तै त्यो दिन हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका प्रजाको विरुद्धमा युद्धको गर्जन उठ्नेछ, र लड़ाइँमा शल्मनले बेथ-आर्बेललाई नाश गरेझैँ तिमीहरूका सबै गढ़ीहरू नाश गरिनेछन्— जुन समयमा आमाहरू आफ्ना नानीहरूसँगसँगै टुक्रै-टुक्रा पारिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका मानिसहरूको विरुद्धमा लडाइँका गर्जनहरू उठ्नेछन्; युद्धको दिनमा शल्मनले बेथ-आर्बेललाई नाश गरेझैँ तिमीहरूका सबै बलिया किल्लाहरू नष्ट हुनेछन्; जुन समयमा आमाहरू आफ्ना छोराछोरीहरूसँगै भुइँमा पछारिएर टुक्रा-टुक्रा पारिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
यसैकारण तिमीहरूका सेनाहरूको बीच युद्धका निम्ति खैलाबैलाको स्वर सुनिनेछ, अनि तिम्रो सेनाको किल्लाहरू नष्ट हुनेछन्। यो त्यस्तै हुनेछ जस्तो बेतबेल नगरमा युद्धको समय शल्मनले नष्ट पारिदिएको थियो। युद्धको समयमा आफ्ना नानीहरूसंगै आमाहरूको पनि हत्या गरिदिएको थियो।