Hosea 10:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे बेथेलका बासिन्‍दाहरू हो, तिमीहरूले गरेका असाध्‍यै दुष्‍ट कामहरूले गर्दा तिमीहरूलाई त्‍यस्‍तो हुनेछ। लडाइँ सुरु हुने बित्तिकै इस्राएलका राजा मर्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी हे बेथेल हो, तिमीहरूको अत्‍यन्‍त दुष्‍टाताले गर्दा त्‍यो आइपर्नेछ। त्‍यस दिनको उज्‍यालो हुँदा, इस्राएलका राजालाई बिलकुलै सर्वनाश गरिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे बेथेल, तँमाथि पनि त्यस्तै हुनेछ; किनकि तेरो दुष्‍टता धेरै छ। त्यो दिन आएपछि, इस्राएलको राजा पूर्ण रूपमा सर्वनाश हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
बेतेलमा तिमीहरूलाई पनि यस्तै हुनेछ किनकि तिमीले धेरै नै कुकर्महरू गरेकाछौ। त्यस दिनको शुरूवात हुँदा हुँदै इस्राएलको राजा पुरै नष्ट हुनेछन्।”