Hosea 10:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सामरिया सहरमा बास गर्ने मानिसहरू डराउनेछन् र बेथ-आवनमा सुनको साँढे हराएकोले तिनीहरू विलाप गर्नेछन्। तिनीहरू र त्यस मूर्तिलाई पुज्ने पूजाहारीहरू रुनेछन्। त्यसको सुनौलो शोभा हराएपछि तिनीहरूले बिलौना गर्नेछन् किनभने त्यो मूर्ति देशबाट निकालिएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सामरियामा बस्ने मानिसहरू बेथ-आवनका बाछाको मूर्तिको लागि डराउँछन्। त्यसका प्रजाले त्यसको निम्ति शोक गर्नेछन्, र त्यसका मूर्तिपूजक पूजाहारीहरू जसले त्यसको गौरवमा रमाहट गरेथे, तिनीहरूले विलाप गर्नेछन्, किनभने त्यो तिनीहरूबाट प्रवासमा लगिएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सामरियामा बसोबास गर्ने मानिसहरू बेथ-आवेनको सुनको बाछाको मूर्तिसँग डराउँछन्। र मूर्तिपूजक पुजारीहरूले पनि त्यसै गर्नेछन्; तिनीहरू जसले मूर्तिको गौरवमा आनन्द मनाएका थिए; त्यसका मानिसहरू त्यसको निम्ति विलाप गर्नेछन्; किनकि देशबाट मूर्ति निकालेर कैदमा लगिएको छ।
Nepali ERV (पवित्र बाइबल)
सामरियाका बासिन्दाहरू बेतावनमा डराउँदै बाछाको पूजा गर्छन। यस्ता मानिसले वास्तवमा विलाप गर्नुपर्छ। यस्ता पूजाहारीहरू वास्तवमा विलाप गर्छन्, किनकि उसको राम्रो मूर्ति हराएको हुन्छ। कसैले उठाएर लगेको हुन्छ।