Hosea 10:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
महान् सम्राटको निम्‍ति तिरोको रूपमा त्‍यो मूर्ति अश्‍शूर देशमा लगिनेछ। अरूको सल्‍लाह लिएकोले इस्राएल बदनाम र लाजमापर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ठूला राजाको सौगात स्‍वरूप त्‍यो अश्‍शूरमा लगिनेछ। एफ्राइम लाजमा पारिनेछ, इस्राएलचाहिँ आफ्‍नै काठका मूर्तिदेखि लज्‍जित हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसलाई महान् राजाको निम्ति सौगातको रूपमा अश्शूर देशमा लगिनेछ। एफ्राइम अपमानित हुनेछ; इस्राएल आफ्ना पराई देवताको कारण लज्जित हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यस मूर्तिलाई अश्शूरको महान राजालाई उपहारका निम्ति लगिएको हुन्छ। एप्रैमको लज्जित मूर्ति उहाँ लगिने छ। इस्राएल चाँहि आफ्नै मूर्तिमा लज्जित हुनुपर्नेछ।