Hosea 10:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आवन डाँडाका देव-स्थलहरू, जहाँ इस्राएलीहरूले मूर्तिपूजा गर्थे, नाश पारिनेछन्। तिनीहरूका वेदीमा काँडा र जङ्गली झारहरू उम्रनेछन्। मानिसहरूले पहाडहरूलाई “हामीलाई लुकाऊ!” अनि डाँडाहरूलाई “हामीलाई छोप!” भन्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलको पाप, अर्थात् दुष्टताका अल्गा-अल्गा ठाउँहरू नष्ट हुनेछन्। तिनका वेदीहरूमा काँढ़ा र सिउँड़ीहरूले ढाक्नेछन्। तब तिनीहरूले पहाड़हरूलाई भन्नेछन्, “हामीलाई छोप,” अनि डाँड़ाहरूलाई भन्नेछन्, “हामीमाथि खस।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुष्टताका अग्ला-अग्ला डाँडाहरू नष्ट पारिनेछन्; यो इस्राएलको पाप हो। काँडा र सिउँडीहरू बढ्नेछन्, र तिनीहरूका वेदीहरूलाई ढाक्नेछन्। त्यसपछि तिनीहरूले पर्वतहरूलाई भन्नेछन्, “हामीलाई छोप!” र पहाडहरूलाई भन्नेछन्, “हामीमाथि खस!”
Nepali ERV (पवित्र बाइबल)
इस्राएलले पाप गर्यो अग्लो-अग्लो स्थानमा मूर्ति निर्माण गर्यो। आवेनको अग्लो स्थान नष्ट गरिदिइनेछ। त्यसको वेदीहरूमाथि काँढा र बनमाराहरू उम्रनेछन् र त्यही बेला तिनीहरूले पर्वतहरूलाई भन्नेछन्, “हामीलाई ढाक!” अनि डाँडाहरूलाई भन्नेछन्, “हामीमाथि खस।”