Hosea 11:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले तिनीहरूलाई आफूकहाँ माया र प्रेमले खिचेर ल्‍याएँ। मैले तिनीहरूलाई उठाएँ र मेरो गालामा टसाएँ र तिनीहरूतिर निहुरेर मैले तिनीहरूलाई खुवाएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले तिनीहरूलाई मानिसजातिको मायाको डोरी, प्रेमको बन्‍धनले बाँधेर डोर्‍याएँ। तिनीहरूका काँधबाट जुवा उतारिदिएर तिनीहरूलाई खुवाउन म झुकें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिनीहरूलाई मानवीय प्रेम र दयाको डोरीले बाँधेर डोर्‍याएँ; मैले तिनीहरूलाई एउटा सानो बालकलाई जस्तै मायाले उठाएर आफ्नो गालामा टसाएँ र तिनीहरूलाई खुवाउन म निहुरेँ।
Nepali ERV (पवित्र बाइबल)
मैले तिनीहरूलाई प्रेमको डोरी मायाको बन्धनले बाँधेर डोर्याएँ। म त्यस्तो व्यक्ति थिएँ जसले उनीहरूलाई स्वतंत्र गराएँ, म निउरेर उनीहरूलाई खाना खुवाएँ।