Hosea 11:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू मबाट तर्किजाने जिद्दी गर्छन्। जुवामुनि परेर तिनीहरू चिच्‍याउनेछन् तर कसैले त्‍यो जुवा हटाइदिनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा प्रजाले मबाट फर्किजाने सङ्कल्‍प गरेका छन्‌। तिनीहरूले सर्वोच्‍चलाई पुकारे तापनि उहाँले तिनीहरूलाई उच्‍च पार्नुहुनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा मानिसहरूले मबाट तर्किएर जाने निश्‍चय गरेका छन्। तिनीहरूले मलाई सर्वोच्‍च परमेश्‍वर भनी पुकारे तापनि म कुनै पनि हालतमा तिनीहरूलाई उचाल्ने छैन।
Nepali ERV (पवित्र बाइबल)
“मेरो प्रजाहरू फर्कने आशा गर्छन् उनीहरू माथिका परमेश्वरलाई पुकार्छन् तर परमेश्वरले उनीहरूलाई सहायता गर्नु हुँदैन।”