Hosea 11:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ए इस्राएल, तँलाई म कसरी छोड्न सक्छु र? कसरी म तँलाई त्याग्न सक्छु र? के म तँलाई अदमालाई झैँ नाश पार्न सक्छु र? कसरी म तँसित सबोयीमसँग झैँ व्यवहार गर्न सक्छु? त्यसो गर्न मेरो मन मान्दैमान्दैन। तँप्रति मेरो प्रेम साह्रै गहिरो छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“ए एफ्राइम, म तँलाई कसरी छोड़िदिन सक्छु र! ए इस्राएल, म तँलाई कसरी दुश्मनका हातमा सुम्पिदिन सक्छु? म तँलाई कसरी अदमालाई झैँ व्यवहार गर्न सक्छु? म तँलाई कसरी सबोयीमलाई झैँ बनाउन सक्छु! मेरो हृदय मभित्र परिवर्तित भएको छ। मेरो मन दयाले जागृत भएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे एफ्राइम, म तँलाई कसरी त्याग्न सक्छु? हे इस्राएल, म तँलाई कसरी शत्रुको हातमा सुम्पिदिन सक्छु? म तँलाई कसरी अदमा सहरलाई झैँ व्यवहार गर्न सक्छु? म तँलाई कसरी सबोयीम सहरझैँ बनाउन सक्छु? मेरो हृदय मभित्र बदलिएको छ; मेरो मनमा दया जागेको छ।
Nepali ERV (पवित्र बाइबल)
“हे एप्रैम म तिमीलाई कसरी छोडिदिऊँ? ए इस्राएल म तिम्रो रक्षा गर्न चाहँन्छु। म तिमीलाई कसरी अदमा जस्तै तुल्याऊँ! म चाहँदिन कि तिमीलाई सबोयीम जस्तै बनाऊँ। म आफ्नो मन बद्ली रहेछु, तिमीप्रति दयाले मन पग्लिरहेछ।