Hosea 11:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो रिसमा मैले तिमीहरूलाई दण्ड दिनेछैनँ; म इस्राएललाई फेरि सर्वनाश गर्नेछैनँ। किनकि म परमेश्वर हुँ, मानिस होइनँ। म परमपवित्र तिमीहरूको साथमा छु। मेरो क्रोधमा म तिमीहरूकहाँ आउनेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मेरो प्रचण्ड रीस प्रयोग गर्नेछैनँ। म एफ्राइमलाई फेरि सर्वनाश गर्नेछैनँ। किनकि म परमेश्वर हुँ, मानिस होइनँ— तिमीहरूका बीचमा परमपवित्र। म क्रोधमा आउनेछैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म मेरो भयानक क्रोध पोख्नेछैनँ; म एफ्राइमलाई फेरि सर्वनाश गर्नेछैनँ। किनकि म त परमेश्वर हुँ, मानिस होइनँ; तिमीहरूका बीचमा रहने पवित्र परमेश्वर हुँ। म तिनीहरूका सहरहरूको विरुद्धमा क्रोधित भएर आउनेछैनँ।
Nepali ERV (पवित्र बाइबल)
म मेरो प्रचण्ड रिसलाई जित्न दिनेछैन्। म फेरि एप्रैमलाई नष्ट पार्नेछैन। म त परमेश्वर हुँ, म कुनै मानिस होइन। म तिनीहरू माझ एक पवित्र छु। म आफ्नो रिस देखाउँनेछैन।