Hosea 12:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका मानिसहरूले परमप्रभुलाई साह्रै रिस उठाएका छन्। आफ्‍ना पापको निम्‍ति तिनीहरू मृत्‍यु-दण्‍ड पाउन लायक छन्। तिनीहरूले परमप्रभुमाथि ल्‍याएका अपमानको निम्‍ति उहाँले तिनीहरूलाई दण्‍ड दिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर एफ्राइमले उहाँलाई असाध्‍यै रीस उठाएको छ। त्‍यसका परमप्रभुले त्‍यसले बगाएको रगतको दोष त्‍यसमाथि रहन दिनुहुनेछ, र त्‍यसका अवहेलनाको निम्‍ति उहाँले बदला लिनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर एफ्राइमले परमेश्‍वरलाई साह्रै रिस उठाएको छ; त्यसले बगाएको रक्तपातको दोष याहवेहले त्यसैमाथि छोड्नुहुनेछ; अनि त्यसले उहाँलाई गरेको अपमानको बदला लिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तर एप्रैमले परमप्रभुलाई धेरै रिस उठाइदियो। एप्रैम मृत्यु-दण्ड पाउने अपराधको दोषी छ। यसैकारण उसलाई उसको अपराधको निम्ति दण्ड दिइनेछ। उसको मालिकले उसलाई लज्जित पार्नुहुनेछ।”