Hosea 12:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले स्‍वर्गदूतसित लडाइँ गरेर जिते। तिनले रोएर आशिष् मागे। बेथेलमा परमेश्‍वर हाम्रा पुर्खा याकूबकहाँ आउनुभयो र उनीसित बोल्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले स्‍वर्गदूतसित लड़न्‍त गरे, र उनलाई जिते। तिनी रोए र उनीसित निगाहको निम्‍ति बिन्‍ती गरे। तिनले बेथेलमा उहाँलाई भेटे, र उहाँसँग तिनले बातचीत गरे—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उसले स्वर्गदूतसित कुश्ती खेल्यो र उसलाई जित्यो; ऊ रोयो र दूतसँग निगाहको निम्ति बिन्ती गर्‍यो। उहाँले उसलाई बेथेलमा भेट्नुभयो, र उहाँले त्यहाँ उससँग कुरा गर्नुभयो,
Nepali ERV (पवित्र बाइबल)
याकूबले परमेश्वरका स्वर्गदूतसित ऊ युद्ध गर्यो अनि विजय भयो। ऊ रोयो अनि दयाको निम्ति विन्ति गर्यो। यो घट्ना बेतेलमा भएको थियो, त्यहाँ उसले परमेश्वरसंग बातचीत गर्यो।