Hosea 13:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएल जङ्गली झारपातझैँ मौलाएर गए पनि म मरुभूमिबाट गर्मी पूर्वीय बतास पठाउनेछु र त्यसले त्यस देशका खोला-नाला र कुवाहरू सुकाइहाल्नेछ। त्यसले सबै मूल्यावान् कुराहरू उडाईलैजानेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“आफ्ना दाजुभाइहरूका बीचमा त्यसको फलिफाप भयो भने पनि म त्यसप्रति दयालु हुनेछैनँ। परमप्रभुबाट एउटा पूर्वीय बतास मरुभूमितिरबाट बहेर आउनेछ। त्यसको मुहान सुक्नेछ, र त्यसको इनार सुकिजानेछ। त्यसका सबै बहुमूल्य वस्तुको भण्डार लुटिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि त्यो आफ्ना दाजुभाइहरूको बीचमा फलदायी भए तापनि म त्यसप्रति दयालु बन्नेछैनँ। पूर्वीय बतास याहवेहबाट आउनेछ, र त्यसलाई उजाडस्थानबाट उडाएर लैजानेछ; त्यसको पानीको मूल बन्द हुनेछ, र त्यसको पानीको कुवा सुक्नेछ। त्यसको भण्डारबाट त्यसका सबै बहुमूल्य कुराहरू लुटिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
इस्राएल आफ्नो दाज्यू-भाइहरूको बीच बढी रहेको छ तर पूर्वीय बतास आउनेछ। परमप्रभुको बतास उजाड मरूभुमिबाट आउनेछ अनि इस्राएलको कुवाहरू सुक्ने छन्। त्यसको पानीको मूल सुख्नेछ। त्यो आँधीले इस्राएलका सबै बहुमूल्य बस्तुको भण्डार रित्तो पारिदिने छ।