Hosea 13:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो विरुद्धमा विद्रोह गरेको हुनाले सामरियाले दण्ड भोग्नै पर्छ। त्यहाँका बासिन्दाहरू लडाइँमा मर्नेछन्, जमिनमा पछारिएर बच्चाहरू मारिनेछन् र गर्भवती स्त्रीहरूका पेट चिरिनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सामरियाका मानिसहरूले आफ्नो दोष भोग्नैपर्छ, किनभने तिनीहरू आफ्ना परमेश्वरको विरुद्धमा बागी भएका छन्। तिनीहरू तरवारले ढल्नेछन्। तिनीहरूका बालकहरू भूइँमा लड़ाइएर मारिनेछन्, र तिनीहरूका गर्भवती स्त्रीहरूका पेट चिरिनेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सामरियाका मानिसहरूले तिनीहरूका अपराधको प्रतिफल भोग्नुपर्छ; किनकि तिनीहरूले आफ्ना परमेश्वरको विरुद्धमा विद्रोह गरेका छन्। तिनीहरू तरवारद्वारा मारिनेछन्; तिनीहरूका साना छोराछोरीहरू भुइँमा पछारिनेछन्; तिनीहरूका गर्भवती स्त्रीहरूका पेट चिरेर उदाङ्गो पारिनेछन्।”
Nepali ERV (पवित्र बाइबल)
सामारियाले दण्ड भोग्नेछ किनकि उसले आफ्नो परमेश्वरदेखि मुख बटारेको छ। इस्राएलीहरूलाई तलवारद्वारा मारिने छ, उनीहरूको सन्तानलाई पछार्दै मारिनेछ अनि तिनीहरूका गर्भवती स्त्रीहरूको पेट निचोरिनेछ।”