Hosea 13:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अझै पनि धातुका मूर्तिहरू बनाएर अर्थात् मानिसले सोचेका आकारमा र मानिसका हातले रचेका चाँदीका मूर्तिहरू बनाएर तिनीहरूले पाप गरिरहेका छन्। अनि तिनीहरू भन्छन्, “यी मूर्तिहरूलाई बलि चढाऔं।” कसरी मानिसहरूले ती साँढेका रूपमा बनाएका मूर्तिहरूलाई म्वाइँ खान सक्छन्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब तिनीहरू झन् बढ़ी पाप गर्छन्। तिनीहरूले आफ्ना निम्ति आफ्नो चाँदीले ढालिएको मूर्ति बनाउँछन्, अर्थात् चतुर्याइँसित आकृति निकालेका मूर्तिहरू, ती सबै शिल्पकारका कामहरू हुन्। यी मानिसहरूका विषयमा यो भनिएको छ, “तिनीहरू मानव-बलि चढ़ाउँछन्, बाछाका मूर्तिलाई चुम्बन गर्दछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहिले तिनीहरूले अझ बढी पाप गरिरहेका छन्; तिनीहरूले आफ्ना चाँदीबाट आफ्नै निम्ति मूर्तिहरू बनाउँछन्, अर्थात् निपुणतासाथ बनाइएका मूर्तिहरू, ती सबै मूर्तिहरू कारिगरहरूका काम हुन्। यी मानिसहरूको विषयमा यसो भनिएको छ, “तिनीहरूले मानवबलि चढाउँछन्! अनि बाछाको मूर्तिहरूलाई चुम्बन गर्छन्।”
Nepali ERV (पवित्र बाइबल)
इस्राएलले धेरै पाप गर्न थाल्यो। तिनीहरूले आफ्नो निम्ति मूर्तिहरू बनाए। कारीगरले चाँदीको सुन्दर मूर्तिहरू बनाउन थाले अनि आफ्ना मूर्तिहरूसित कुरा गरे। तिनीहरूले ती मूर्ति सामु बलि चढाउन अनि बाछाहरूलाई चुम्बन गर्न शुरू गरे।