Hosea 13:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “म परमप्रभु, तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रबाट निकाली ल्याएँ। मबाहेक तिमीहरूको अर्को कुनै परमेश्वर छैन। म मात्र तिमीहरूको उद्धारकर्ता हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर म त परमप्रभु तिमीहरूका परमेश्वर हुँ। मैले तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्याएको छु। मबाहेक तिमीहरूले अर्को कुनै ईश्वरलाई, अर्को कुनै उद्धारकलाई स्वीकार गर्नेछैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर तिमीहरू इजिप्टबाट निस्केर आएको समयदेखि नै, म याहवेह तिमीहरूका परमेश्वर हुँ; अनि तिमीहरूले मबाहेक अरू कसैलाई पनि परमेश्वर भनी स्वीकार नगर्नू, मबाहेक अर्को कोही पनि मुक्तिदाता छँदैछैन।
Nepali ERV (पवित्र बाइबल)
“मिश्रदेशमा जब तिमीहरू थियौ, त्यहि समयदेखि म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म बाहेक तिमीहरूले अन्य कुनै परमेश्वरलाई चिन्दैनौ। त्यो म नै हुँ जसले तिमीहरूलाई बचायो।