Hosea 13:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बच्चा हराएकी माउ भालुझैँ म तिमीहरूमाथि आक्रमण गर्नेछु र तिमीहरूलाई च्यातचुत पार्नेछु। सिंहले झैँ म तिमीहरूलाई भेटेकै ठाउँमा निल्नेछु र जङ्गली जनावरले झैँ फहराएर धुजैधुजा पार्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
छाउराहरू खोसिएको माउ भालूझैँ तिनीहरूलाई आक्रमण गरेर म तिनीहरूलाई च्यातचुत पार्नेछु। सिंहझैँ म तिनीहरूलाई भक्षण गर्नेछु। जङ्गली जन्तुले तिनीहरूलाई फहराउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्नो बच्चा खोसिएकी भालुजस्तै, म तिनीहरूलाई आक्रमण गर्नेछु, र तिनीहरूलाई च्यातचुत पार्नेछु; बाघले जस्तै म तिनीहरूलाई निल्नेछु, जङ्गली जनावरले जस्तै तिनीहरूलाई फहराउनेछु।
Nepali ERV (पवित्र बाइबल)
म उनीहरूसँग माऊ भालू झैं झम्टन्छु जसले उसका छाउराहरू खोसिदिएकोछ। म उनीहरूमाथि हमला गर्छु। म उनीहरूको छाती चिरीदिन्छु। म त्यो सिंह अथवा अन्य कुनै हिंस्रक जनवार जस्तै हुनेछु जसले आफ्नो शिकार लुछी-लुछी खाई रहेको हुन्छ।”