Hosea 14:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू नयाँ भई जैतुनका रूखहरूझैँ जिउनेछन् र तिनीहरू लेबनानका देवदारुहरूझैँ सुगन्‍धित हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका भर्खरै पलाएका मुनाहरू बढ्‌नेछन्‌। त्‍यसको प्रताप जैतूनको रूखझैँ हुनेछ। त्‍यसको बास्‍ना लेबनानको देवदारुझैँ हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका कलिला मुनाहरू बढ्नेछन्। त्यसको शोभा जैतुनको रूखझैँ हुनेछ, र त्यसको बास्‍ना लेबनानको देवदारुझैँ हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यसका हाँगाहरू भद्राक्षको रूख झैं हुनेछन्। त्यो सुन्दर हुनेछ। त्यो त्यस सुगन्ध झैं हुनेछ जुन लबानोनको रूखको जराबाट आउँछ।