Hosea 14:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि एक पटक तिनीहरू मेरो सुरक्षामा जिउनेछन्। तिनीहरू अन्‍नझैँ लहलह बढ्‍नेछन् र रूखको बोटझैँ फलदायी हुनेछन्। तिनीहरू लेबनानको ख्‍याति प्राप्‍त दाखमद्यझैँ हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसहरू फेरि त्‍यसको छहारीमा बस्‍नेछन्‌। मकैझैँ त्‍यो लहलह बढ्‌नेछ र दाखको बोटझैँ त्‍यो फुल्‍नेछ, र त्‍यसको ख्‍याति लेबनानको दाखमद्यजस्‍तै हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसहरू फेरि त्यसको छहारीमा बस्‍नेछन्; तिनीहरू अन्‍नझैँ लहलहाउने छन्; तिनीहरू दाखको बोटझैँ फक्रनेछन्; इस्राएलको प्रसिद्धि लेबनानको दाखमद्यजस्तै हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका मानिसहरू फेरि मेरो संरक्षणमा हुनेछन्। तिनीहरू अन्न झैं बढ्नेछन्। तिनीहरू अङ्गुरका लहरा झैं फल्ने र फूल्ने छन। अनि तिनीहरूको सुगन्ध लबानोनको दाखरस जस्तै हुनेछ।”