Hosea 14:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका मानिसहरूको अब मूर्तिहरूसित कुनै सम्‍बन्‍ध हुनेछैन; म तिनीहरूका प्रार्थनाको उत्तर दिनेछु र तिनीहरूलाई हेरचाह गर्नेछु। सधैँ हरियो रहने रूखझैँ म तिनीहरूलाई आश्रय दिनेछु; म नै तिनीहरूका सबै आशिष्‌हरूको स्रोत हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे एफ्राइम, मूर्तिहरूसित मेरो के काम? म त्‍यसलाई जवाफ दिनेछु र त्‍यसको वास्‍ता गर्नेछु। म एउटा हरियो सल्‍लोको रूखझैँ छु। मबाटै तँ फलवन्‍त हुनेछस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे एफ्राइम, मूर्तिहरूसँग मेरो के काम? म त्यसलाई जवाफ दिनेछु र त्यसको हेरचाह गर्नेछु। म हरियो धूपी सल्‍लाको रूखझैँ छु; तेरो फल मबाट नै आउँछ।”
Nepali ERV (पवित्र बाइबल)
“हे एप्रैम मैले मूर्तिहरूसित गर्नुपर्ने बढी केही छैन। म नै एकजना हुँ जसले तिम्रो प्रार्थनाहरूको उत्तर दिन्छु। म नै एकजना हुँ जसले माथिबाट तिम्रो रक्षा गर्छु। म सधैं हरियो रहने सल्लाको रूख जस्तै हुँ। त्यसको फल मबाट नै आउँछ।”