Hosea 2:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसका सबै उत्सवहरू-औंसीको वार्षिक चाड-पर्व र विश्राम-दिनका खुसीयाली र धार्मिक सभाहरू म बन्द गरिदिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म त्यसका सबै उत्सवहरू, त्यसका औंसीका चाड़हरू, त्यसका सबै शबाथ-दिनहरू र त्यसका सबै ठहराएका भोजनहरू रोकिदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म त्यसका सबै उत्सवहरू: त्यसका वार्षिक चाडहरू, त्यसका औँसीहरू, त्यसका शब्बाथहरू; अनि त्यसका सबै तोकिएका चाडहरूको अन्त गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
म परमेश्वर, तिनको जम्मै आनन्द र खुशीहरू खोस्नेछु। म तिनको विश्रामका दिनहरू, पूर्णिमाका उत्सव र पार्थिव चाडहरू बन्द गरिदिनेछु।