Hosea 2:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसका दाखबारी र नेभाराघारीहरू, जुन आफ्‍ना प्रेमीहरूको सेवा गरेर मैले पाएको हुँ भनी त्‍यसले भन्‍छे, म नाश पारिदिनेछु। म त्‍यसका दाखबारीहरू र फलका बगैँचाहरू उजाड पारिदिनेछु, जङ्गली जनावरहरूले ती नाश पार्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म त्‍यसका दाखका बोट र त्‍यसका अञ्‍जीरका रूखहरू उजाड़ पारिदिनेछु। तिनका विषयमा त्‍यसले भनेकी छ, ‘यी मेरा प्रेमीहरूले दिएका मेरा ज्‍याला हुन्‌।’ म ती बोटहरूलाई एउटा झाड़ी तुल्‍याइदिनेछु, र वनजन्‍तुहरूले ती खाइहाल्‍नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म त्यसका दाखहरू र नेभाराका बोटहरू नष्‍ट गरिदिनेछु, जुन त्यसले आफ्ना प्रेमीहरूको सेवा गरेर मैले ज्याला पाएकी हुँ भनेकी छे; म तिनीहरूलाई बाक्लो झाडी बनाइदिनेछु, र जङ्गली जनावरहरूले ती खानेछन्।
Nepali ERV (पवित्र बाइबल)
दाख र नेभाराका रूखहरू नष्ट गरिदिनेछु। तिनले भन्थिन, ‘मेरो प्रेमीहरूले यी सब दिन्छन।’ तर म तिनको उद्यान जङ्गलमा परिणत गरिदिनेछु। जङ्गली पशुहरू आएर त्यस जङ्गलमा चर्नेछन्।