Hosea 2:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जुन समयमा त्यसले बाल-देवतालाई धूप चढाएकी थिई र गरगहनाले सजिएर आफ्नो प्रेमीहरूका पछि लागी र मलाई बिर्सी, त्यसको निम्ति म त्यसलाई दण्ड दिनेछु। परमप्रभु बोल्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बाल देवताहरूका निम्ति धूप हालेकी हुनाले म त्यसलाई दण्ड दिनेछु। त्यस बेला त्यो गरगहना पहिरेर आफ्ना प्रेमीका पछिपछि गई, र मलाई बिर्सेकी थिई,” परमप्रभु घोषणा गर्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बाल-देवताहरूका निम्ति धूप बालेका हुनाले म त्यसलाई दण्ड दिनेछु; त्यसले आफूलाई गरगहनाहरूले सिँगारी, र आफ्ना प्रेमीहरूको पछि लागी, तर त्यसले मलाई बिर्सी, याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
“तिनले बालको देवताहरूको सेवा र्गछिन। यसैले म तिनलाई सजाय दिनेछु। तिनले बाल देवताको अघि धूप जलाउँछिन्। गर गहना लगाएर तिनले चिटिक्क पर्दै आफ्ना प्रेमीहरूसँग जाँदा मलाई भूल्थिन। परमप्रभुले यसो भन्नुभयो।