Hosea 2:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस बेला म सबै जङ्गली जनावरहरू र चरा-चुरुङ्गीहरूसित मेरा प्रजालाई तिनीहरूले कुनै हानि नगरून् भनी एउटा करार बाँध्नेछु। देशबाट सबै लडाइँका हात-हतियारहरू, तरवारहरू र धनुहरू म हटाउनेछु र मेरा प्रजालाई शान्ति र सुरक्षाका साथ बास गर्न दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस दिन म तिनीहरूका निम्ति वनका पशुहरू र आकाशका पक्षीहरू र जमिनमा घस्रने जन्तुहरूसित करार बाँध्नेछु। म धनु, तरवार र लड़ाइँ देशबाट दूर गरिदिनेछु, कि सबै सुरक्षासाथ लेट्न सकून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन म तिनीहरूका निम्ति जङ्गलका जनावरहरू, आकाशका चराचुरुङ्गीहरू र जमिनमा हलचल गर्ने पशुप्राणीहरूसँग करार बाँध्नेछु। म देशबाट धनु, तरवार र युद्ध हटाइदिनेछु, ताकि सबै जना सुरक्षित भएर विश्राम लिन सकून्।
Nepali ERV (पवित्र बाइबल)
“त्यस समय म इस्राएलीहरूका निम्ति एउटा करार गर्नेछु। जङ्गलका पशुहरूसित, आकासमा उडिहिँड्ने चराहरूसित र जमीनमा घस्रिहिडने प्राणीसित। म युद्धका सम्पूर्ण धनु तरवार र हातहतियार नष्ट गरिदिनेछु। कुनै हतियार पनि यहाँ रहने छैन। म धर्तीलाई सुरक्षित पार्नेछु यसर्थ इस्राएलका मानिसहरू शान्तिसित विश्राम गर्न सकुन्।