Hosea 2:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यही देशमा म मेरो प्रजालाई बसाल्‍नेछु र त्‍यहाँ तिनीहरूको फलिफाप हुनेछ। ‘माया नगरिएकी’ लाई म मेरो माया देखाउनेछु, ‘मेरो प्रजा होइन’ लाई “तिमीहरू मेरा प्रजा हौ,” भन्‍नेछु। र तिनीहरूले “तपाईं हाम्रा परमेश्‍वर” भन्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मेरो आफ्‍नो निम्‍ति म त्‍यसलाई भूमिमा रोप्‍नेछु। जसलाई मैले “प्रिय नभएकी” भनेको थिएँ, त्‍यसलाई म दया देखाउनेछु। जसलाई मैले “तिमीहरू मेरा प्रजा होइनौ” भनेको थिएँ, तिनीहरूलाई म “मेरा प्रजा” भन्‍नेछु। अनि तिनीहरूले भन्‍नेछन्, ‘तपाईं हाम्रा परमेश्‍वर हुनुहुन्‍छ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म त्यसलाई आफ्नै निम्ति त्यस देशमा रोप्नेछु; मैले जसलाई ‘मेरो प्रिय होइनँ’ भनेको थिएँ, त्यसलाई प्रेम देखाउनेछु। मैले जसलाई ‘मेरो जाति होइनँ,’ भनेको थिएँ, त्यसलाई ‘तिमीहरू मेरा जाति हौ,’ भन्‍नेछु; अनि तिनीहरूले भन्‍नेछन्, ‘तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ।’ ”
Nepali ERV (पवित्र बाइबल)
म तिनको धर्तीमा धेरै बिऊहरू छर्नेछु। अनि लो-रूहामालाई म दया देखाउने छु। अनि लो-अम्मीलाई म भन्नेछु, ‘तिमीहरू मेरा मानिसहरू हौ।’ अनि तिनीहरूले मलाई भन्ने छन्, ‘तपाईं हाम्रो परमेश्वर हुनुहुन्छ।”‘