Hosea 2:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[4-5] उसका छोरा-छोरीहरूमाथि म दया देखाउनेछैनँ। तिनीहरू लाज पचेकी एक वेश्‍याका सन्‍तान हुन्। ऊ आफैंले यसो भनी, “म मेरा प्रेमीहरूकहाँ जानेछु, जसले मलाई खानपान, ऊनी र नरम सुती कपडा, जैतुनको तेल र दाखमद्य दिनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका छोराछोरीहरूमाथि पनि म टिठ्याउनेछैनँ, किनकि तिनीहरू व्‍यभिचारका सन्‍तान हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म त्यसका कुनै छोराछोरीहरूलाई दया देखाउनेछैनँ; किनकि तिनीहरू व्यभिचारबाट जन्मिएका सन्तान हुन्।
Nepali ERV (पवित्र बाइबल)
म उसका नानीहरूलाई कुनै दया देखाउँने छैन, कारण तिनीहरू सबै वेश्यावृतिबाट जन्मिएका नानीहरू हुन्।