Hosea 2:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसले आफ्‍ना प्रेमीहरूलाई खेदी हिँड्छे तर भेट्दिन। त्‍यसले तिनीहरूलाई खोज्‍छे तर पाउँदिन। तब त्‍यसले यसो भन्‍छे, “म आफ्‍नो पहिलेकै लोग्‍नेकहाँ फर्केर जानेछु किनकि मेरो पहिलेको अवस्‍था अहिलेको भन्दा असल थियो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो आफ्‍ना प्रेमीहरूका पछिपछि कुद्‌नेछ, तर त्‍यसले तिनीहरूलाई भेट्टाउनेछैन। त्‍यसले तिनीहरूलाई खोज्‍नेछ, तर तिनीहरूलाई पाउनेछैन। तब त्‍यसले भन्‍नेछे, ‘म मेरा पहिलेकै पतिकहाँ फर्केर जानेछु, किनकि त्‍यस बेला मेरो अवस्‍था अहिलेको भन्‍दा असल थियो’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो आफ्ना प्रेमीहरूलाई पछ्याउँदै जानेछे, तर त्यसले तिनीहरूलाई भेट्टाउन सक्दिन; त्यसले प्रेमीहरूलाई खोज्नेछे, तर तिनीहरूलाई भेट्टाउनेछैन। तब त्यसले भन्‍नेछे, “म पहिलेझैँ मेरो पतिकहाँ फर्केर जानेछु; किनकि अहिलेभन्दा त पहिलाको अवस्था नै राम्रो थियो।”
Nepali ERV (पवित्र बाइबल)
तिनी आफ्ना प्रेमीहरूको पछि लाग्ने छिन्, तर तिनले उनीहरूलाई भेट्टाउने छैनन्। तिनले उनीहरूलाई खोजी गर्ने छिन् तर तिनले भेट्ने छैनन्। तब तिनले भन्नेछिन्, ‘अब म मेरो पहिलो लोग्नेकहाँ फर्किनेछु। जब म उसित थिएँ मेरो जीवन असलकी थियो। अहिले जीवन भन्दा असल थियो।’