Hosea 4:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले आफ्‍नो भागमा पर्ने बलिदानको हिस्‍सा खानेछौ तर तिमीहरूको भोक मेटिनेछैन। तिमीहरू सन्‍तान दिने देवी-देवताहरूलाई पुज्‍नेछौ तर सन्‍तान पाउनेछैनौ किनभने तिमीहरू मबाट तर्केर पराई देवी-देवतापछि लागेका छौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिनीहरूले खान त खानेछन्‌ तर अघाउनेछैनन्‌। तिनीहरूले वेश्‍यावृत्ति गर्नेछन्, तर तिनीहरूको संख्‍या बढ्‌नेछैन, किनभने वेश्‍यावृत्तिमा मन लगाउनलाई तिनीहरूले परमप्रभुलाई छोड़ेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिनीहरूले खानेछन्, तर सन्तुष्‍टि हुनेछैनन्; तिनीहरू वेश्यावृत्तिमा संलग्न हुनेछन्, तर तृप्‍त हुनेछैनन्; तिनीहरू वेश्यावृत्तिमा सामेल हुनका लागि तिनीहरूले
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले खान त खान्छन तर त्यसमा तिनीहरूलाई सन्तुष्टि हुँदैनन्। तिनीहरू संभोग त गर्छन् तर तिनीहरूको संतान हुँदैन। यो किन? किनकि तिनीहरूले यहोवालाई त्यागे र वेश्याहरू जस्तै भए।