Hosea 4:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू काठको टुक्रासित ज्ञान, प्रकाशको निम्‍ति सोध्‍छन्। एउटा लौरोले तिनीहरूलाई ज्ञान प्रकट गर्दछ। तिनीहरूले मलाई त्‍यागेका छन्। एउटी स्‍त्री वेश्‍या भएकी जस्‍तै तिनीहरू अरू देवताहरूतिर लागेका छन् र बलि चढाउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले आफ्‍ना काठका मूर्तिसित सल्‍लाह लिन्‍छन्, र तिनीहरूले काठको लहुरोले जवाफ पाउँछन्‌। वेश्‍यावृत्ति गर्ने आत्‍माले तिनीहरूलाई भ्रममा पार्छ, र तिनीहरू आफ्‍ना परमेश्‍वरप्रति अविश्‍वासी भएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा मानिसहरूले काठको मूर्तिसित सल्‍लाह लिन्छन्, र तिनीहरूका जोखना हेर्नेले काठको लहुरोसँग कुराकानी गर्छन्। वेश्यावृत्तिको आत्माले तिनीहरूलाई बहकाउँछ; तिनीहरू आफ्ना परमेश्‍वरप्रति अविश्‍वासयोग्य छन्।
Nepali ERV (पवित्र बाइबल)
हेर! मेरा मानिस दाउराको टुक्रा काठको मूर्तिबाट सम्पति माँग्दैछन्। तिनीहरू यो सोच्छन कि यही छडीले उत्तर दिन्छ। यस्तो किन भयो? यस्तो यसकारण भयो कि तिनीहरू वेश्याहरू समान झूटा देवताहरूको पछि लागी रहन्छन्। तिनीहरूले आफ्नो परमेश्वरलाई त्यागे अनि वेश्याहरू जस्तै बनिए।