Hosea 4:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले पहाडका टुप्‍पाहरूमा बलि चढाउँछन् र शीतल छहारी दिने डाँडा-डाँडामा भएका अग्‍ला-अग्‍ला झ्‍याम्‍म परेका रूखका छायामुनि धूप बाल्‍छन्। “यसैकारण तिम्रा छोरीहरू वेश्‍या भएका छन् र तिम्रा बुहारीहरूले व्‍यभिचार गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू पर्वतका टाकुराहरू हुँदो बलि चढ़ाउँदछन्, र असल छायाँ दिने फलाँट, लहरे-पीपल र तारपीनका रूखमुनि डाँड़ाहरूमा धूप बाल्‍छन्‌। यसकारण तिमीहरूका छोरीहरूले वेश्‍यावृत्ति गर्छन्, र तिमीहरूका बुहारीहरूले व्‍यभिचार गर्छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले पर्वतका टाकुराहरूमा बलिदान चढाउँछन्; अनि डाँडाहरूमा होमबलिहरू चढाउँछन्; तिनीहरूले राम्रो छाया भएको ठाउँ, झ्याम्म परेका फलाँट, लहरे-पीपल र तारपीनको रूखमुनि बलिदान चढाउँछन्। यसकारण तिमीहरूका छोरीहरू वेश्यावृत्तिमा र तिमीहरूका बुहारीहरू व्यभिचारमा लागेका छन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू पहाडको टाकुरामा बलि चढाउँछन्। पहाडको टाकुरामा तिनीहरू फलाँट र पहाडी पिलपलको रूखमुनि धूप बलि चढाउँछन्। ती रूखहरू मुनि शीतल छाया हुन्छ। यसैकारण, तिम्रा छोरीहरू वेश्याहरू जस्तै ती रूखहरू मुनि सुत्छन् अनि तिम्रा बुहारीहरूले व्यभिचार गर्छन्।