Hosea 4:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण यो देश सुकेर जानेछ र यसमा बास गर्ने हरेक प्राणी मर्नेछ। सबै पशु-पंक्षीहरू र माछाहरूसमेत नष्ट हुनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण यस देशले विलाप गर्छ, र यसमा बस्ने सबै क्षीण हुन्छन्, र वनका जन्तु, आकाशका पक्षी र समुद्रका माछाहरूसमेत पनि मरिरहेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण देश उजाड भएको छ; अनि देशमा बस्ने सबै मानिसहरू नष्ट भएका छन्; जङ्गली जनावरहरू, आकाशमा उड्ने चराचुरुङ्गीहरू र समुद्रका माछाहरू समेत नष्ट भएका छन्।
Nepali ERV (पवित्र बाइबल)
देश मृत मानिसको लागि विलौना गर्ने मानिस जस्तो भएकोछ यो देश अनि यसका सबै मानिसहरू कमजोर भएका छन्। वनका जनावरहरू, आकाशका चराहरू अनि समुद्रका माछाहरू सम्म मरिरहेका छन्।