Hosea 5:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“जब इस्राएलले आफ्‍नो रोग र यहूदाले आफ्‍नो चोट देखे, तब इस्राएल सहायता माग्‍न अश्‍शूरका महान् सम्राटकहाँ गयो; तर त्‍यसले तिनीहरूका रोग वा चोट निको पार्न सकेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जब एफ्राइमले आफ्‍नो रोग देख्‍यो र यहूदाले आफ्‍ना घाउ, तब एफ्राइमले अश्‍शूरका ठूला राजाकहाँ सहायताको लागि मानिस पठायो। तर त्‍यसले तँलाई निको पार्न सक्‍दैन, त्‍यसले तेरा चोटलाई निको पार्न सक्‍नेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जब एफ्राइमले आफ्नो रोग देख्यो र यहूदाले आफ्नो चोट देख्यो, तब एफ्राइम अश्शूरतिर फर्क्यो, र महान् राजाकहाँ सहायताको निम्ति मानिस पठायो। तर त्यसले तँलाई निको पार्न सक्दैन; त्यसले तेरा घाउ निको पार्न सक्दैन।
Nepali ERV (पवित्र बाइबल)
जब एप्रैमले आफ्नो रोग देख्यो र यहूदाले आफ्ना चोट देख्यो तब एप्रैम अश्शूरकहाँ गयो, त्यसले ठूलो राजाकहाँ मानिस पठायो। तर त्यसले तिमीलाई निको पार्न सक्तैन। न त त्यसले तिम्रो चोटलाई जाती पार्न सक्नेछ।