Hosea 5:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू आफ्‍ना भेडा-बाख्राहरू र गाई-गोरुहरू परमप्रभुकहाँ बलि चढाउन लिएर त जान्‍छन्; तर त्‍यसले तिनीहरूलाई केही लाभ हुँदैन। तिनीहरूले उहाँलाई भेट्टाउन सक्‍दैनन् किनभने उहाँले तिनीहरूलाई त्‍याग्‍नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनीहरू आफ्‍ना भेड़ाबाख्रा र गाई-गोरुका बगाल लिएर परमप्रभुलाई खोज्‍न जान्‍छन्, तब तिनीहरूले उहाँलाई पाउनेछैनन्‌। उहाँले आफूलाई तिनीहरूदेखि हटाउनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरू याहवेहलाई खोज्न आफ्ना बगालहरू र बथानहरूसँग जान्छन्, तब तिनीहरूले उहाँलाई भेट्टाउनेछैनन्; उहाँले आफैँलाई तिनीहरूदेखि अलग गर्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
“तिनीहरू आफ्ना ‘भेडा-बाख्रा’ र ‘गाई गोरू’ लिएर परमप्रभुलाई खोज्न आउँछन्, तर तिनीहरूले उहाँलाई पाउनेछैनन्। उहाँ तिनीहरूदेखि हट्नु भएको छ।