Hosea 5:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले परमप्रभुसित विश्‍वासघात गरेका छन्। तिनीहरूका छोरा-छोरीहरू परमप्रभुका होइनन्। यसकारण अब तिनीहरूका औंसीका चाड-बाडले तिनीहरू र तिनीहरूका जमिनलाई स्‍वाहा पार्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू परमप्रभुप्रति विश्‍वासघाती भएका छन्‌। तिनीहरूले बतासे छोराछोरीहरू जन्‍माएका छन्‌। अब औंसीका चाड़हरूले तिनीहरू र तिनीहरूका खेतहरूसमेत तिनीहरूलाई नाश गर्नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू याहवेहप्रति विश्‍वासघाती भएका छन्; तिनीहरूले अवैध छोराछोरीहरू जन्माउँछन्। जब तिनीहरूले नयाँ औँसीका चाडपर्वहरू मनाउँछन्, तब ती चाडपर्वहरूले तिनीहरूका खेतहरू निल्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले परमप्रभुको विरूद्धमा विश्वासघात गरेकाछन्। किनकि तिनीहरूले बतासे छोरा-छोरीहरू जन्माएका छन्। यसर्थ उसले तिनीहरू र तिनीहरूका जमीनहरू नष्ट पार्नेछ।