Hosea 6:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरू भन्‍दछन्, “हामी परमप्रभुकहाँ फर्कौं! उहाँले हामीलाई चोट पार्नुभयो, उहाँले नै हामीलाई निश्‍चय निको पार्नुहुनेछ। उहाँले हामीलाई घाइते बनाउनुभयो, उहाँले हाम्रा घाउमा मलम-पट्टी लगाइदिनुहुनेछ, होइन र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“आओ, हामी परमप्रभुतिर फर्कौं। उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ, तर उहाँले हामीलाई निको पार्नुहुनेछ। उहाँले चोट पार्नुभएको छ, तर उहाँले हाम्रा चोटहरूमा मलहमपट्टी लाउनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“आओ, हामी याहवेहतिर फर्कौँ। उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ, तर उहाँले हामीलाई निको पार्नुहुनेछ; उहाँले हामीलाई चोट पार्नुभएको छ, तर उहाँले हाम्रा चोटहरूमा मलमपट्टी बाँध्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
“आऊ, हामी परमप्रभुतिर फर्कौ किनभने उहाँले हामीलाई घायल पार्नु भएकोछ र उहाँले नै हामीलाई निको पार्नुहुनेछ। उहाँले चोट पार्नु भएकोछ, र उहाँले नै हामीलाई मलहम पट्टी बाँध्नु हुनेछ।