Hosea 6:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीहरू परमप्रभुलाई चिन्‍ने चेष्‍टा गरौं। जसरी बिहान उज्‍यालो हुन्‍छ वा जमिन भिजाउने बसन्‍त ऋतुको झरी निश्‍चय आउनेछ, त्‍यसरी नै उहाँ हामीकहाँ अवश्‍यै आउनुहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आओ, हामी परमप्रभुलाई मानौं, हामी परमप्रभुलाई मान्‍नका निम्‍ति प्रयत्‍न गरिरहौं। उहाँको आगमन सूर्योदयझैँ निश्‍चित छ। उहाँ हामीकहाँ वर्षाको झरी, जमिनलाई भिजाउने आखिरी वर्षाझैँ आउनुहुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी याहवेहलाई स्वीकार गरौँ; हामी दृढतासाथ उहाँलाई स्वीकार गरौँ। निश्‍चय नै सूर्य उदाएझैँ उहाँ देखा पर्नुहुनेछ; उहाँ हामीकहाँ हिउँदको झरीझैँ र पृथ्वीलाई भिजाउने बसन्तको वर्षाझैँ आउनुहुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
आऊ, हामी परमप्रभुलाई चिनौं, हामी परमप्रभुलाई चिन्ने प्रयन्त गरिरहौं। उहाँको आगमन प्रभात झैं निश्चय छ। उहाँ हामीकहाँ जमीनलाई भिजाउने आखिरी वर्षा झैं आउनु हुनेछ।”