Hosea 6:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर परमप्रभु भन्‍नुहुन्‍छ, “हे इस्राएल र यहूदा, म तिमीहरूलाई के गरूँ? मप्रति तिमीहरूको प्रेम बिहानको कुइरोझैँ छिट्टै हराउँछ। त्‍यो त बिहानै बिलाउने शीतजस्‍तो छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“ए एफ्राइम, म तँलाई के गरूँ? ए यहूदा, म तँलाई के गरूँ? तेरो प्रेम बिहानको कुइरोजस्‍तै र सखारैको बितिजाने शीतजस्‍तै छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे एफ्राइम, म तँलाई के गरूँ? हे यहूदा, म तँलाई के गरूँ? तेरो प्रेम बिहानको कुइरोझैँ र मिरमिरे बिहानको शीतजस्तै बिलाएर जान्छ।
Nepali ERV (पवित्र बाइबल)
“ए एप्रैम, म तिमीलाई के गरूँ? ए यहूदा म तिमीलाई के गरूँ? किनकि तेरो प्रेम बिहानको कुइरो जस्तै र बिलिने शीत जस्तै छ।