Hosea 6:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारीहरू चाहिँ मानिसलाई बाटो ढुकेर बस्‍ने डाँकुहरूका दलझैँ छन्। शेकेमका पवित्रस्‍थानमा जाने बाटोमा पनि तिनीहरूले हत्‍या गर्छन्। तिनीहरूले जानी-जानी यी दुष्‍ट काम गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसरी लूटपीट गरिहिँड्‌नेहरू मानिसलाई ढुकिबस्‍छन्, त्‍यसरी नै पूजाहारीहरूले गट्ठा बाँधेका छन्‌। तिनीहरूले शकेम जाने बाटोमा हत्‍या गर्दछन्‌। तिनीहरूले निर्लज्‍ज अपराध गर्दछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी लुटेराहरूले मानिसलाई ढुकिबस्छन्, त्यसरी नै पुजारीहरूको समूहले ढुकिबस्छन्; आफ्ना दुष्‍ट योजनाहरू पूरा गर्न तिनीहरूले शेकेमको पवित्रस्थानतिर जाने मानिसहरूलाई बाटोमा हत्या गर्छन्।
Nepali ERV (पवित्र बाइबल)
जसरी डाँकूहरूले मानिसलाई ढुकिबस्छन त्यसरीनै पूजाहरीहरूले गट्ठा बाँधेका छन्। तिनीहरूले शकेम जाने बाटोमा हत्या गर्दछन्। निश्चय तिनीहरूले महा-अपराध गरेकाछन्।