Hosea 7:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“जब म मेरा प्रजा इस्राएलको रोग हटाउन र फेरि फलिफाप गराउन चाहन्‍छु, तब म त तिनीहरूका दुष्‍टता र कुकर्महरू मात्र देख्‍दछु। आपसमा तिनीहरू एक-अर्कालाई ठग्‍छन्, घर फोर्छन्, चोरी गर्छन् र बाटामा मानिसहरूलाई लुट्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जब म मेरा प्रजाको सुदिन फर्काउँछु, जब मेरा मानिसहरूलाई पुनर्स्‍थापन गर्छु, तब एफ्राइमको भ्रष्‍टाचार र सामरियाका दुष्‍ट कामहरू प्रकट हुन्‍छन्‌। तिनीहरू झूटा व्‍यवहार गर्दछन्‌। चोरहरूले घर फोर्छन्, डाँकूहरूले बाहिर लूटपीट गर्छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जब म इस्राएललाई निको पार्नेछु, एफ्राइमको पाप उदाङ्गो हुन्छ; र सामरियाका अपराधहरू प्रकट हुन्छन्। तिनीहरूले छलपूर्ण व्यवहार गर्छन्; चोरहरू घर फोरेर घरभित्र पस्छन्, डाँकुहरूले सडकहरूमा लुटपाट गर्छन्;
Nepali ERV (पवित्र बाइबल)
“जब म इस्राएललाई निको पार्छु, तब एप्रैमको दुष्टता र सामरियाको कुकर्म उदाङ्गो हुनेछन, किनभने तिनीहरूले दुर्रव्यवहार गरे। चोरहरूले घर फोर्छन् अनि लुटेराहरू बाटोमा लुटपाट गर्छन्।