Hosea 7:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिनीहरू निश्‍चय नाश भएर जानेछन्। तिनीहरूले मलाई त्‍यागेर मेरा विरुद्धमा विद्रोह गरेका छन्। तिनीहरू नाश हुनेछन्। म तिनीहरूलाई बचाउन त चाहन्‍थें तर तिनीहरू मेरो विरुद्ध झूटो बोल्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धिक्‍कार तिनीहरूलाई, किनभने तिनीहरू मबाट तर्केर गएका छन्‌। तिनीहरूको सर्वनाश होस्, किनकि तिनीहरू मेरो विरुद्धमा बागी भएका छन्‌। तिनीहरूलाई मोल तिरेर छुटाउने मेरो चाहना छ, तर तिनीहरूले मेरो विरुद्धमा झूट बोल्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धिक्‍कार तिनीहरूलाई! किनकि तिनीहरू मदेखि तर्किगएका छन्! तिनीहरू नष्‍ट होऊन्; किनकि तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरेका छन्! म तिनीहरूलाई छुटकारा दिने उत्कट इच्छा राख्दछु, तर तिनीहरू मेरो विरुद्धमा झूट बोल्छन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूलाई धिक्कार! किनभने तिनीहरू मबाट तर्किएर गए। तिनीहरूमाथि विनाश आओस्। किनभने तिनीहरू मेरो विरूद्धमा गए। मैले तिनीहरूलाई बचाउँने थिएँ, तर तिनीहरू मेरो विरूद्धमा ढाँट्छन्।